कलैया उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय
कलैया, बारा
प्रदेश नं. २, नेपाल
सेवा करारमा पदपर्ति गर्ने सम्वन्धि सचना
प्रस्तुत विषयमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम यस आर्थिक बर्ष २०७७/०७८ को लागि उद्यम विकास सहजकर्ताको सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका ईच्छुक १८ बर्ष पूरा भई ४० बर्ष ननाघेका नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र मांग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा आवेदन पेश गर्नु हुन जानकारीका साथ अनुरोध छ ।
तपसलि:
क्र. सं विज्ञापन नं. पद तह माग संख्या
१ १-मेड्पा -२०७७/७८ उद्यम विकास सहजकर्ता चौथो २
१. परीक्षाको किसिम : कलैया उप-महानगरपालिकाको नियमानुसार
२. परीक्षा केन्द्र : कलैया उप-महानगरपालिकाको कार्यालय
३. परीक्षा दस्तुर : १०००/
४. दरखास्त बुझाउने स्थान : कलैया उप-महानगरपालिकाको कार्यालय
५. दरखास्त माध्यम : उम्मेदवार आफै उपस्थित हुनु पर्ने
६. दरखास्त दिने अन्तिम मिति : २०७७/०८/२८ गते दिउसो २ बजे सम्म,बिदा परे त्यसको भोलीपल्ट
७. सम्पर्क मिति : २०७७/०८/२९ गते कार्यालय समय भित्र,बिदा परे त्यसको भोलीपल्ट
८. उमेर हद : दरखास्त दिने अन्तिम मिति सम्ममा १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको )
९. तलब भत्ता : नेपाल सरकारको चौथो तह अनुसार सेवा करार सम्झौता बमोजिम
१०. न्युन्तम शैक्षिक योग्यता :
क. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि) बाट मान्यता प्राप्त उद्यमविकास सहजकर्ता सम्वन्धि डिप्लोमा कोर्ष उत्तिर्ण गरेको, वा
(ख) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि) बाट उद्यमविकास सहजकर्ता सिप परिक्षण तह २ वा ३ उत्तीर्ण गरेको, वा
(ग) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि) बाट मान्यता प्राप्त उद्यमविकास सहजकर्ता सम्बन्धि प्राविधिक प्रवेशिका परीक्षा (टिएसएलसी) उत्तीर्ण गरेको ।
११. करार अवधि : सेवा करार सम्झौता बमोजिम
१२. आवश्यक कागजातहरु :
क, नेपाली नागरिक्ताको प्रमाणित प्रतिलिपि १ प्रति
ख. पासपोर्ट साईजको फोटो ३ प्रति
ग. शैक्षिक योग्यताको प्रमाणि प्रतिलिपि १ प्रति
घ. सीप परिक्षण प्रमाण पत्र भएमा प्रमाणित प्रतिलिपि १ प्रति
ङ. कामको अनुभव खुलेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १ प्रति
१३. थप जानकारीको लागि :
* वेभसाइट : www.kalaiyamun@gmail.com
* सम्पर्क नं : ०५३-५५०१३५ /९८५५०४८८९५
१४ . सूचनामा उल्लेख भए बाहेकका अन्य कुराहरु नगर कार्यपालिकाको कार्यालयले निर्धारण गरे बमोजिम हुने छ।
प्रमुख प्रशासकीय अधिकृत
कलैया उप-महानगरपालिकाको Website मा जान यहा क्लिक गर्नुहोस
0 Comments