विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७
१. परिचय
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणको रोकथामका लागि नेपाल सरकारले गठन गरेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६ । १२ । ०५ को निर्णयानुसार देशभरका सबै प्रकारका शिक्षण संस्था र तालिम केन्द्रहरू बन्द गरिए । नेपाल सरकारबाट मिति २०७६।१२।११ देखि लाग भएको बन्दाबन्दी (लकडाउन) को अवस्थामा कतिपय विद्यालयहरू क्वारेन्टाइन तथा आइसोलेशन सेन्टरको रूपमा पनि प्रयोग गरिए । कोभिड-१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने अभिप्रायले नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७१०४ । १२ को निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विद्यालय पन: सञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी दिइयो । शिक्षण संस्थाहरूमा शिक्षण सिकाइ तथा परीक्षा र मूल्याङ्कन सम्वन्धी क्रियाकलापहरूलाई सहजीकरण गर्ने तथा व्यवस्थित तुल्याउने अभिप्रायले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४।०६।२२ को निर्णयबाट कोभिड-१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाइ विद्यालयमा पठन पाठन सञ्चालन गर्न गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्राप्त भएको तथा मिति २०७७।०६।१५ को निर्णयवाट नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवम् सुरक्षा सम्वन्धी मापदण्डहरू पूर्ण रुपमा पालना गर्नेगरी विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिइनुका साथै मिति २०७७।०६।२२ को निर्णयबाट २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२ ) को सञ्चालन तथा व्यवस्थापनका लागि परीक्षा सम्वन्धी विधि, पद्धति, प्रक्रिया र अन्य आवश्यक व्यवस्था समेत मिलाई परीक्षा सञ्चालन गर्न गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्राप्त भएकोले तदनुरुप विद्यालय सञ्चालन तथा बन्द गर्ने कार्य प्रक्रियाहरूलाई व्यवस्थित र सुरक्षित बनाउन यो कार्याढाँचा तयार गरी जारी गरिएको हो ।
विद्यालय संचालन सम्बन्धि कार्यढाचाँ २०७७ पुरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
0 Comments